यस्तो थियो पूर्व प्रधानमन्त्रीको लिक भएको सेक्स भिडियो

यो तस्वीर एउटा भिडियोबाट लिइएको हो जो एकदमै लज्जास्पद अवस्थामा भाइरल भइरहेको छ । जून एक जना पूर्व प्रधानमन्त्रीको सेक्स भिडियो हो । जसमा उनी एउटी व्रिटिश महिलासँग आपत्तिजनक अवस्थामा देखिएका छन् ।

समाचार अनुसार यो भिडियोमा देखिएका पुरुष रुसका पूर्व प्रधानमन्त्री मिखाइल केस्योनेव हुन् । ५८ वर्षीय मिखाइल रुसका वर्तमान राष्ट्रपति भ्लादमिर पुटिनका सबैभन्दा ठूलोमध्येका एक कटु आलोचक हुन् । भिडियो लिक भएपछि भविष्यमा पुटिनविरुद्ध उनको उम्मेदवारीको सम्भावना कम भएको छ । पूर्व प्रधानमन्त्री मिखाइल विवाहित पुरुष हुन् ।

यो ब्ल्याक एण्ड ह्वाईट भिडियो सरकारको नजिक मानिने टेलिभिजन एनटिभीले सार्वजनिक गरेको हो । यो भिडियोमा देखिएकी महिलाको नाम नतालया पेलविन हो । उनी एक ब्रिटिश नागरिक हुन् । नतालया विपक्षी दलकी सबैभन्दा ठूली क्याम्पेनर्समध्ये एक हुन् ।

भिडियो फुटेज बेडरुमको हो । यसमा पूर्व रुसी पीएम मिखाइल र ३९ वर्षीय नतालया सँगै देखिएका छन् । भिडियोमा उनीहरु निवस्त्र त कुनै ठाउँमा अर्धनग्न अवस्थामा देखिएका छन् । यो भिडियो ड्रेसिङ टेबलमा क्यामेरा लगाएर खिचिएको अनुमान गरिएको छ ।

यद्यपी यो भिडियो कसले बनायो र कसको हात भन्नेबारेमा अहिलेसम्म केही जानकारी बाहिर आएको छैन् । तर, यो भिडियोले आगामी चुनावमा विपक्षी दललाई कमजोर पार्ने आकलन गरिएको छ । आफ्नो सेक्स भिडियो लिक भएपनि पूर्व प्रधानमन्त्री मिखाइल भने अहिलेसम्म केही बोलेका छैनन् ।

पूर्व प्रधानमन्त्रीकै भिडियो सार्वजनिक भएपछि रुसको राजधानी मस्को खैलाबैला मच्चिएको छ । एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्