डाक्टरको गाडीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

काठमाडौं । पोखराको मणिपाल अस्पतालका डाक्टर विश्वदीपक तिमिल्सिनाको गाडीले किच्दा ४ वर्षीय बालक संस्कार कँडेलको ज्यान गएको छ । डाक्टरले चलाएको ग.३ च.४३६ नम्बरको गाडीले बालकलाई किचेको थियो । अस्पतालमा रहेका आफन्त बिरामीलाई भेटेर फर्कने क्रममा बालकलाई अस्पताल परिसरको सडक छेउमा उभ्याएर बाबु पार्किङ्गमा राखेको मोटरसाइल लिन जाँदा बालकलाई गाडीले किचेको हो ।

अहिले बालकको शव मणिपाल अस्पतालको इमर्जेन्सीमा राखिएको छ भने लापर्वाहीपूर्वक गाडी चलाएर बालकलाई ठक्कर दिएको आरोप लगाउँदै बालकका आफन्तले डाक्टरलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्