तोक्पेगोला समाज सेवा समितिको चौंथो अधिवेशन सम्पन्न (फोटो फिचर)

काठमाण्डौ ७ असार / तोक्पेगोला (ढोक्प्या)समुदायको छाता संगठन तोक्पेगोला समाज सेवा समितिको चौंथो अधिवेशनबाट अध्यक्षमा मिङमा डन्डु शेर्पा सर्वसम्मतले चयन भएको छ ।

काठमाडौंको धुम्बाराही स्थित सुर्य क्याट्रीङमा सम्पन्न अधिबेशनबाट मिङमा डन्डु शेर्पाको अध्यक्षयतामा ३७ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत रुपमा चयन भएको हो । त्यस्तै महासचिवमा साङबु शेर्पा चयन भएका छन् ।

नेकपाका नेता तथा प्रतिनिधी सभा सांसद योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । अन्य बिषेश अतिथीहरुमा नेकपा नेता तथा पूर्व सांसद पासाङ शेर्पा,नेकपा नेता तिलकुमार मेन्याङवो, पूर्व सांसद डम्बरध्वज तुम्बाहाङफे,धर्म गुरु जिग्डोल लामा लगायत विभिन्न संघसंस्था, राजनीति दलका विशिष्ट ब्यात्तीत्वहरुको उपस्थित रहेको थियो ।

​ कार्यक्रममा प्रमुख अतिथी योगेश भट्टराईले ताप्लेजुङमा वाहय पर्यटक र आन्तरिक पर्यटकको लागि जोड्दिनु पर्ने बताउनु भयो । ताप्लेजुङ जिल्ला यातायातमा अत्तिनै न्यून रहेकोले चीन जोड्ने नाका एक बर्ष भित्र तयार पार्ने समेत बताउनुभयो ।

कार्यक्रममा तोक्पेगोला समाज सेवा समितिले मे २० मा ढोक्प्या जातिको पहिलो सगरमाथा आरोहण गर्ने आरोही लाक्पा शेर्पा ढोक्प्या लाई सम्मान गरेको छ ।


​यो समाजले समाजमा दुख परेका व्यक्तीहरुलाई सहयोग गर्ने र समाजको बिकास साथै धर्मको संरक्षण गर्ने बाचा समेत गर्ने नवनिर्वाचित मिङमा अध्यक्ष डन्डु शेर्पाले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको समापन सभाध्यक्ष मिङमा कामि शेर्पाले गर्नु भयो ।


प्रतिक्रिया दिनुहोस्