ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश

काठमाण्डौ असार ८ / कोपा अमेरिकामा आयोजक ब्राजिलले पेरूलाई ५ गोलको अन्तरले पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा पेरूलाई पराजित गरेसँगै ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा कासमेरोले खेलको १२ औं मिनेटमा ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको १९ औं मिनेटमा रोबेर्टो फिरमिनोले ब्राजिलको अग्रतालाई दोब्बर पारेका थिए। पेरुले भने खेलको सुरुदेखिनै ब्राजिलसंघ सामना गर्न सकिएको थिएन यसैगरी ब्राजिलका लागि एभरटन सोएरेसले ३२ औं मिनेटमा तेश्रो गोल गर्दै

५ – ० को फराकिलो अन्तरले हराउने क्रममा ब्राजिलले खेलको ५३ औं तथा ९० औं मिनेटमा थप दुई गोल गरेको थियो। ती गोलहरू क्रमशः डानी एल्भिस तथा विलियनले गरेका थिए। एजेन्सी


प्रतिक्रिया दिनुहोस्