बलिउड अभिनेता रणवीरमाथि लाग्यो चोरीको आरोप

काठमाण्डौ असार ८ / बलिउड अभिनेता रणवीर सिंहमाथि चोरीको आरोप लागेको छ। रणवीरलाई डब्लुडब्लुईका म्यानेजर पल हेमैनले चोरीको आरोप लगाएका हुन्।
उनले रणवीरमाथि आफ्नो भनाइ चोरेको आरोप लगाएका हो।

कपिलदेवको वायोपिक सिनेमाु ८३ को तयारी गरिरहेका रणवीर हाल इङ्ल्याण्डमा छन्। उनले त्यहाँ भारतीय अलराउण्डर हार्दिक पाँड्यासँगको फोटो पोस्ट गर्दै हालेका थिए। पलले त्यस पोस्टमा लेखिएको शब्द आफ्नो भएको दावि गर्दै रणवीरले चोरी गरेको आरोप पल हेमैनले लगाएका हुन्।

तर रणविरको सो ट्वीटमा इट, स्लिप, कन्क्वयेर, रिपिटु शब्द उल्लेख छ।
पलले लैसनरलाई डब्लुडब्लुईको रिगंमा हरेकपटक उत्रदा यो नाराको प्रयोग गर्दै हसाँउने गर्थे।
त्यससँगै लेसनरले लगाउने पहिरनमा समेत यो शब्दको प्रयोग गरिएको पाईछ।

अब चोरीको आरोपमा रणवीरको के प्रतिक्रिया आउँछ,होला त ? एजेन्सी


प्रतिक्रिया दिनुहोस्