उरुग्वेसंग चिली १–० पराजित

काठमाण्डौ असार १० / कोपा अमेरिका कप फुटबल अन्तर्गत मंगलबार बिहान भएको खेलमा उरुग्वेले साविक विजेता चिलीलाई १ं–० गोलले पराजित गरेको छ । उरुग्वेको जितमा एडिन्सन काभानीले निर्णायक गोल गरे । काभानीले ८२औं मिनेटमा हेड गोलगर्दै उरुग्वेको जित पक्का बनाएका थिए । प्रतिस्पर्धातमक खेलमा चिलीले पनि गोल गर्ने राम्रा अवसर गुमाएको थियो ।

यस जितसँगै उरुग्वे ‘सी’ समूह विजेता बनेको छ । चार टोली सम्मिलित समूहमा दुई जित र एक बराबरी नतिजा निकालेको उरुग्वेको सात अंक छ । हार खेपे पनि चिली समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघिका दुई खेल जितेको चिलीले ६ अंक बनाएको छ ।

यसैगरी यही समूहको अर्को खेलमा जापान र इक्वेडरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जापानले सुरुवाती अग्रता लिएर पनि बराबरीमा चिक्त बुझाएको थियो । जापानका लागि शोया नाकाजिमाले १५औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यसपछि इक्वेडरले ३५औं मिनेटमा बराबरी गोल फर्काएको थियो । इक्वेडरका लागि एन्जल मेनाले गोल गरेका थिए । समूहमा दुई बराबर र एक हारको नतिजा निकालेको एसियाली टोली जापानले दुई अंक बनायो । दुई हार र एक बराबरी खेलेको इक्वेडरल एक अंक बनायो । जापान र इक्वेडर प्रतियोगिताबाट बाहिरिए । जापान आमन्त्रण टोलीको रुपमा कोपामा सहभागी भएको हो ।

मंगलबारको खेलसँगै कोपा अमेरिका कपको क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । क्वार्टरफाइनलमा उरुग्वेले पेरुसँग प्रतिस्पर्धा गर्नेछ । चिलीले कोलम्बियासँग खेल्नेछ । यसैगरी आयोजक ब्राजिलले पाराग्वे तथा अर्जेन्टिनाले भेनेजुएलासँग प्रतिस्पर्धा गर्नेछ ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्