शंकास्पद वस्तु फेला

काठमाण्डौ असार १० / उदयपुरको कटारी नगरपालिका ३ स्थित कटारी बजारमा आज विहानै शंकास्पद वस्तु फेला परेको छ । नेत्र विक्रम चन्द विप्लब नेतृत्व नेकपाको बन्दका दिन विहानै बजारमा शंकास्पद वस्तु फेला परेको हो ।


सुतली बम जस्तो देखि शंकास्पद बस्तुको अहिले प्रहरीले सुरक्षा दिईरहेका प्रहरीले जानकारी दिए । गाईघाटबाट डिष्पोज टोली आउने तयारी भईरहेको र टोली आएपछि डिष्पोज गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले जानकारी दिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्द उदयपुर पनि प्रभावित भएको छ । विप्लव समूहले गरेको बन्दले उदयपुरबाट छुट्ने छोटो तथा लामो दुरीको सवारी साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् ।

उदयपुरको सदरमुकाम गाईघाट, बेल्टार, रामपुर, मुर्कुची तथा कटारीमा विहानै देखि यातायातको साधन चलेको छैन भने बजार, पसल र विद्यालय समेत बन्द हुन पुगेको छ । ग्रामीण क्षेत्रबाट सचालन हुने सम्पूर्ण यातायात ठप्प रहेको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्रले जनाएको छ ।

गाईघाट र कटारीदेखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधन ठप्प जस्तै बने । ‘गाडी चलउँला, जंगलमा बसेर बम प्रहार भयो भने के गर्ने रु’, कटारी–सोरुङ बोलेरो गाडी सञ्चालन गर्ने सानु विष्टले भने, ‘गाँउमा प्रहरी हुँदै, समस्या हुन्छ, बन्दकर्ता पनि हिजो आज गाँउमै केन्द्रति हुन थालेका छन ।’ ग्रामिण क्षेत्रका अधिकाँस सडकहरु बन्द भएका छन ।


प्रतिक्रिया दिनुहोस्