ताप्लेजुङमा वन कानुन सम्बन्धीको अनुशिक्षण सम्पन्न

ताप्लेजुङ असार १० / ताप्लेजुङमा वन अपराध अनुसन्धान तथा मुद्दा दायर प्रक्रियाका सरोकारवालालाई सुरुवाती अनुसन्धानदेखि अदालतमा पेश गर्ने कानुनी प्रक्रियाका बारेमा डिभिजन वन कार्यालय ताप्लेजुङले अनुशिक्षण गराएको छ ।

वन अपराध नियमनको पहिलो बिन्दु मानिने वन कर्मचारीदेखि अनुसन्धानमा संलग्न रहने प्रहरी र अनुसन्धान पछिको प्राप्त विवरणसहित अदालतसम्म पुग्दा परिचालित हुने जनशक्ति एकैठाउँ राखेर अनुशिक्षण गराइएको हो ।


डिभिजन वन कार्यालयका प्रमुख श्रीमोहनलाल कर्णले फितलो नियमन र अनुसन्धानका कारण वन अपराधमा संलग्न पक्ष उन्मुक्ति नजिक पुगेका खराब सन्देशहरु सुन्न नपरोस् भनेर अनुसन्धानका सबै पक्षलाई अनुशिक्षण गराएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले वन क्षेत्रको नियमनदेखि वन पैदावार तथा वन्यजन्तु हानी नोक्सानी सम्मका क्रियाकलापमा संलग्न पक्षले जान्नुपर्ने कागजी प्रक्रियाका लागि यस्तो अनुशिक्षण प्रभावकारी हुने बताउनुभयो ।

प्रजिअ भण्डारीले अनुशिक्षणमा पाएको ज्ञान र सीपलाई प्रयोग गर्न र नियमन तथा अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउन अनुसनधानमा संलग्न पक्षलाई दिर्नेशन दिएका छ ।
एउटा प्रक्रिया वा कागजको अभावमा वन पैदावार हानी नोक्सानी गर्ने पक्ष उम्कने तथा निर्दोष पक्ष फन्दामा पर्ने अवस्थाको अन्त्यका लागि तालिमबाट पाएको सीपलाई अधिकतम् प्रयोग गर्न उहाँले सुझाव दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले वन पैदावार नियमन, हानी नोक्सानी गर्ने पक्षको पक्राउदेखि प्रारम्भिक अनुसन्धान र अनुसन्धान रिर्पोटसहित मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्ने अवस्थामा बिनाखोट काम गर्ने अवस्थाका लागि यस्ता अनुशिक्षण उपयोगी हुने बताउनुभयो ।


जिल्लामा रहेका डिभिजन तथा सव–डिभिजन वन कार्यालयमा कार्यरत रेञ्जर, फरेष्टर, वनरक्षक देखि अनुसन्धान प्रक्रियामा रहने प्रहरी, वन पैदावार नियन्त्रणमा लिनसक्ने सशस्त्र प्रहरी र अर्धन्यायिक निकाय प्रशासनका नियमन तथा अनुसन्धान पक्षधरको सहभागितामा अनुशिक्षण भएको हो । रेञ्जर गंगाबहादुर इङ्नामले वन पैवादार व्यवस्थापन र संरक्षणका क्रियाकलापसहित वन पैदावार हानी नोक्सानी हुँदा मुद्दाका पक्षले निभाउनुपर्ने भूमिकाका बिषयमा अनुशिक्षण केन्द्रित भएको बताउनुभयो । प्रजिअ भण्डारीले पक्राउ हुनुपूर्व अनिवार्य अदालतबाट पक्राउ आदेश लिन मुद्दाका पक्षलाई आग्रह गर्नुभएको छ ।


मुद्दाका पक्षले वन पैदावार तथा वन्यजन्तु हानी नोक्सानीको बिषयमा अनुसन्धान थाल्नु पूर्व घटनास्थलको मुचुल्का, घटना विवरण तयार, पक्राउ आदेश, पक्राउपूर्जी, थुनुवा आदेश, बयान, बिशेषत्र परीक्षण, स्वास्थ्य परीक्षण सहितको मुटकोट तयार गर्नुपर्ने अवस्था रहन्छ । प्रजिअ भण्डारीले वन पैदावार हानी नोक्सानी गर्नेलाई सबै कागजी प्रक्रिया पूरा गरेर पक्राउ गरेपछि कागज दरपीठ नगर्न सुझाउनुभएको छ । उहाँले वन कर्मचारीलाई कटान तथा चलान आदेशको विवरण बोकेर मात्र हिड्न र समस्या परेपछि यताउताको उल्झन नलिन देखाएमा कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।


अधिकांस वन मुद्दाको अध्ययन वन कर्मचारी र प्रहरीबाट हुने भएकोले कानुनी रुपमा तल पर्ने अवस्थाको अन्त्यका लागि मुद्दाका पक्षलाई अनुशिक्षण मात्र जानकारी गराएको सहायक वन अधिकृत चन्द्रलाल राईले जानकारी दिनुभयो । अनुशिक्षणमा सहभागी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी हवल्दार रमिना राईले वन मुद्दा जटिलका विवरण उठाउन र तयार गर्न अहिलेसम्म कायम रहेका कठिनाइको हलका लागि अनुुशिक्षणले प्रभावकारी भूमिका खेल्ने विश्वास लिनुभयो ।

राईले हानी नोक्सानी भएको वन पैदावारको बरामद कसरी गर्ने, त्यसको मुचुल्का कसरी तयार पार्ने, समातिएको वन पैदावारको घाट गिन्तीदेखि न्यायिक निकायसम्म मुद्दा पुग्ने बिषयलाई कसरी प्रभावकारी बनाउने सन्दर्भ अनुशिक्षणले समटेको जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्