बलिउड स्टार सलमान खान विरुद्ध आपराधिक मुद्दा दर्ता

काठमाण्डौ असार ११ / बलिउडका दबंग स्टार भनेर चिनिने सलमान खानको विवादसँग पुरानो नाता छ । उनी थुप्रै पटक अदालतको चक्कर काटिसकेका छन् । यसपटक उनीमाथि पुनः खतराको घण्टी बजिरहेको छ । उनीविरुद्ध विभिन्न संगीन आरोप लगाउँदै मुद्दा दर्ता गरिएको छ । यो उजुरी मुम्बईको एक पत्रकारले दर्ता गरेका हुन् । जसमा सलमानमाथि गम्भीर आरोप लगाएका छन् ।

एएनआईले ट्वीट गरेर यसबारे जानकारी दिएको हो । यस अनुसार सलमान खानविरुद्ध पत्रकार अशोक पाण्डेयले आपराधिक मुद्दा दर्ता गरिएको छ । जसमा उनीविरुद्ध लुटपाट, हिंसा, आपराधिक गतिविधि र धम्काएको आरोप छ । अशोक पाण्डेयले सलमान खानले साइकल चलाइरहेको देखेपछि भिडियो बनाउने कोसिस गरेपछि जुन घटना भयो, त्यसमा आपत्ति जनाउँदै मुद्दा दर्ता गरेका हुन् ।

पत्रकार अशोक पाण्डेयले अंधेरीको अतिरिक्त मुख्य मेट्रोपोलिटन मेजिस्ट्रेट आर खानको अदालतमा चोट पुर्याएको, लुटपाट र आपराधिक धम्की दिएको भन्दै मुद्दा दर्ता गरेका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्