युनिट्राभ द्वारा पर्यटन बोर्डमा धर्ना

काठमाडौं असार १३ / काठमाण्डौको पर्यटन बोर्डमा युनिट्राभ द्वरा शान्तीपुर्ण धर्ना बसेको छ । व्यानरमा FIT TIMES बन्द गर, कल्याणकारी कोषको रकम सार्वजानिक गर, पर्यटन मन्त्रालयको निर्णय कार्यान्वयन गर, भन्ने नाराका साथ सुमन प्रसाद पराजुलिको नेतृत्वमा पर्यटन बोर्डमा शान्तीपुर्ण धर्ना बसेको हो ।

युनिट्राभले गाइड बिना पर्यटकलाई कुनै पनी क्षेत्रमा नपठांउन र यदि नेपाली गाईडबिना पर्यटक मात्र यात्रामा निस्किएको खण्डमा पर्यटको ज्यानै जान सक्ने बाटोमा अलपत्र पर्ने जस्ता गतिविधीलाई न्युनिकरण गर्ने र बेरोजगार नेपालीयुवा हरुको रोजिरोटि माथि खेल्वाड गर्नेलाई खवरदारी गरिएको छ ।

यदि पर्यटक मात्रै त्यो क्षेत्रमा जानु पर्यो भने नेपाली युवाहरुको रोजगार गुम्न सक्ने भएकोले यस्लाई तत्काल रोक्नु पर्ने र कार्यनयनमा ल्याउनु पर्ने दवाब दिएको छ । विगत लामो समय देखी स्थापना भएको यो संस्थाले ट्रेकिङ , ¥याप्टिङ , ट्राभल्स , सांस्कृती ,पुरातात्विक लगायत अन्य क्षेत्रमा हेर्दै आएको छ ।

यदि यो बिषयमा ध्यान नदिए धर्ना निरन्तर रहिरहन्ने र आन्दोलनमा उत्रन्ने चेतावानी समेत दिएका छन ।


प्रतिक्रिया दिनुहोस्