समलिंगी भाइरल जोडी निरज र आशिकको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

काठमाडौं १३ असार / यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति समर्पित गर्दै गायक राज लिम्बुले आफ्नो डेब्यु गीत “बुझिदेउ ” सार्वजनिक गरेका छन्। पछिल्लो समय समलिंगीहरु पनि खुलेर बाहिर देखिन थालेका छन् । यस्तै जीवन बाँचिरहेका भाईरल जोडी निरज र आशिकको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

राज लिम्बुको आवाजमा रहेको उक्त गीतमा गायक स्वयमकै शब्द र संगित रहेको छ भने विश्व अधिकारीको एरेन्ज रहेको छ । क्रान्ति केसीले सम्पादन तथा निर्देशन गरेको भिडियोको कथा पनि समलिंगी सम्बन्ध र प्रेममा केन्द्रित रहेको छ । समलिङगीहरुलाई घर परिवार र समाजले कस्ता दृष्टीकोणले हेर्छन भन्ने कुरा यस भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा निरज , आशिक लगायत, लक्ष्मण चौलागाईं , सावित्री देवी गौतमको दमदार अभिनय रहेको छ।

भिडियो


प्रतिक्रिया दिनुहोस्