नगरबासीलाई चियाको बिरुवा वितरण

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, असार १३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले नगरक्षेत्र भित्रका प्रत्येक घरधुरीलाई चियाको बिरुवा वितरण गरेको छ । नगरबासीलाई चियामा आत्मनिर्भर बनाउने उद्देश्य राखेर फुङ्लिङ नगरपालिकाले नगर क्षेत्रभित्रका छ हजार घरधुरीलाई चियाको बिरुवा वितरण गरेको हो ।

नगरपालिकाको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ‘आफ्ना लागि आफ्नै चिया’ नारा दिएर नगरक्षेत्रलाई छ हजार घरपरिवारलाई प्रतिपरिवार ११ वटाका दरले बिरुवा वितरण गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानले जानकारी दिनुभयो । प्रवक्ता न्यौपानेका अनुसार पाँचथर र इलामबाट ल्याइएको घुम्ती र तुक्दाबार जातको ६६ हजार बिरुवा वितरण गरिएको छ ।

नगरपालिकाको कृषि कार्यक्रमअन्र्तगत चियाको बिरुवा ल्याएर प्रत्येक घरपरिवारलाई पुग्नेगरी वडाध्यक्षलाई बिरुवा जिम्मा लगाइएको नगर उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ ले जानकारी दिनुभयो । फुङ्लिङको सबै क्षेत्र चियाका लागि सुहाउँदो भूलोग नभए पनि अधिकांश क्षेत्रमा चिया सहजाउने अर्थात खेती गर्न सकिने नगरपालिका कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्