भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

ब्राजिल असार १४ / अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ ।क्वाटरफाइनलमा भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा उसको भिडन्त आयोजक ब्राजिलसँग हुनेछ ।

अर्जेन्टिनाको जितमा लौतारो मार्तिनेज र झिओभानी लो केल्सोले गीत गरे। अर्जेन्टिनालाई पहिलो अग्रता मार्तिनेजले खेलको १० औं मिनेटमा दिलाएका थिए भने केल्सोले दोश्रो गोल ७४ औं मिनेटमा गरेका थिए।आउँदो बुधबार सेमिफाइनल प्रवेशका लागि ब्राजिल र अर्जेन्टिना भिड्नेछन्।


प्रतिक्रिया दिनुहोस्