घर को फरक भो ।।

हो म र तिमी जन्मिएको घर फरक हो
तर तिम्रो र मेरो मन को रहर उस्तै हो ।
एकै दिन एकै तिथि नक्षत्रमा जन्मिएका हामी,,
तिमी अस्पताल मा जन्म लिएउ डाक्टर को बिचमा
अनि म आमाले काम गर्दै गर्दा जन्मिए ।
कुनै समस्या आएन र तिमी लक्षिन को ठहरियौ,,
उच्च रक्तअल्पदामा परेर मेरि आमा को मृत्यु हुँदा ,
अलक्षीन को कुल खाने भए रे म,।
एकैदिन एउटै समयमा जन्मिएको
एउटा राम्रो अर्को नराम्रो कसरी भनतरु
खै के के ग्रह दसा लिएर जन्मिएरे म,
त्यो समयमा जन्मिनु नहुने रे म,,
अनि तिमी राम्रो समयमा जन्मिएउ रे
आफै भनत तिमी मलाई ,,
एउटै समय राम्रो नराम्रो हुने थरी थरी को फरक होरु
कि तिमी जन्मिएको अस्पताल र म जन्मिएको वारि को फरकरु
हैन म भन्छु यो हामी जन्मिएको घर को फरक हो।
मेरि आमालेनी अस्पताल देख्न पाएको भए,,
मेरा बाबू पनि सिक्षित भएका भए,,
मेरि आमा नि अकालमा मर्नु पर्ने थिएन,,
बाबुले अर्को बिहे गर्नु पर्ने थिएन ,,
अनि म पनि लक्षिनको ठहरिन्थे।
यो बाटो लाई आफ्नु घर भन्नू पर्ने थिएन ।
यो कुनै ठाँउ अनि ठहर को हैन,
फरक हामी जन्मेको घर को हो ।
आधुनिक गुडिया को वरिपरि को तिम्रो दैनिकी देख्दा
मैलेनी ढुङ्गा कै गाडी ,घोडा सबै बनाएर तिम्रो बराबरि गर्थे।
हुनसक्छ तिम्रो घर मा धेरै परिकार पाक्दाहुन
म पनि निस्तो भात खुब स्वादले खन्छु ।
तिम्रा बुबा आमाको रेखदेख अनि सुसारे हरुको संरक्षण को तिम्रो दैनिकी हेर्दै,,
यो सडकको छेउमा बस्दा त्यो बाटोमा हिन्ने सबै म मेरा आफन्त मान्छु ।
तिमी ब्याग बोकेर ड्रेस र टाइ लगाएर स्कुल जादा
म पनि बोरा बोकेर फोहोर उठाउन हिन्छु ।
तिमी आफ्नु भबिस्य बनाउन सङ्हर्स गर्छौ ,
अनि म खाली पेट भर्नालाइ दिनभरी दगुर्छु ।
मलाइ कसैले सोध्दैन के बन्छस् ठुलो भएर भनेर,,
सोधेनी तेस्को उत्तर छैन म सग,,
तिमी हात उठाउदै हतार हतार भन्छौ
डाक्टर , ईन्जिनियर बन्छु भनेर।
म डाक्टर नपाएर मरेकी आमालाइ सम्झीन्छु ।
तर थाहा छ तिमिलाइ तिमी त्यो ठाउमा हुनु र म यो ठाउमा हुनुको फरक रु
नत तिमी आफ्नु मेहेनत ले त्यो सुख भोग्छौ
न त म अल्छि गरेर यो दुख भोग्छु ,,
तिमी र म जन्मिदा उस्तै थिइम ,,
जन्मिए पछी तिमिलाइ त्यो सुख दियो अनि मलाइ यो दुख,,
हो हाम्रो रहर अनि जन्मिएको सहर एउटै हो,,
हिन्दाखेरी दुईमिनेट को नि दुरि छैन हामी बस्ने ठाउ,
तर म हामी बिच दुइपुस्ताको फरक देख्छु ।
अलिकती पनि लाग्दैन मलाइ मेरो ठहर फरक भो,,
हो हामी जन्मिएको घर फरक भो ।


प्रतिक्रिया दिनुहोस्