गोलि हानाहान पछि सुरक्षा कडा

संखुवासभा असार १७ / संखुवासभा उत्तरी सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि सुरक्षा सर्तकता बढाइएको छ। प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सुरक्षा सतर्कता बढाएर नाका नाकामा चेक पोस्ट राखिएको जानकारी दिएका छ ।

सोमबार बिहान १० बजे सिलिचोङ गाउँपालिका–१ होयङ्मामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान भएको प्रजिअ दुलालले बताएको छ । गोली हानाहानका क्रममा मानवीय क्षति नभएको उनले बताए। गस्तीमाथि फायरिङ विप्लव समूहको गतिविधि बढेको भन्दै पहिल्लो समय त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती बढाएको थियो।

प्रजिअ दुलालका अनुसार विप्लवका कार्यकर्ताले गोली चलाएपछि तनाव भएको हो। गोली हानाहानपछि काठमाडौंबाट आएका ५० र सदरमुकामबाट २० भन्दा धेरै सुरक्षाकर्मीे सिलिचोङ क्षेत्रमा परिचालित गरिएको छ । तर विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भने शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसेका नेता कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी दमन गरेको जनाएका छ।

प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्नुका साथै दमन बन्द नगरे प्रतिरोधमा उत्रिने चेतावनी समेत दिएका छन । काठमाडौंबाट आएका सेनाका तीन हेलिकोप्टर फर्किएका छन्। प्रजिअ दुलालका अनुसार सिलिचोङ क्षेत्रमा हवाई गस्ती गरेपछि हेलिकोप्टर फर्किएका हुन्। तीनै हेलिकोप्टरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५० जना भन्दा सुरक्षाकर्मी सिलिचोङमा उत्रिएको उनले बताए ।

घटनास्थल सिलिचोङमा सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५÷२५ जनाको बेग्लाबेग्लै टोली सेनाको एमआई १७ हेलिकोप्टरबाट आएका थिए। सुरक्षा समिति गोप्य गोली हानाहानपछि जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । तर त्यो बैठकमा घटनाबारे भएको निर्णय गोप्य राखिएको छ ।

बैठक दिउँसो जिल्ला प्रहरी कार्यालयमा बसेको थियो। साँझ जिल्ला प्रशासन कार्यालयमा बस्यो। जहाँ प्रमख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल, नेपाल प्रहरीका डिएस्पी मिम लामा, सशस्त्र प्रहरी प्रमुख कविन्द्र राई र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्