यदि प्रहरी दमन नरोके प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी

काठमाडौं असार १७ / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ मा आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको दावी गरेको छ । शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनता को घरमा बास बसेका नेता कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी दमन गरेको भन्दै घटनाको निन्दा गरेको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्नुका साथै दमन बन्द नगरे प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ। सङ्खुवासभाको सिलिचोङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता(कार्यकर्तामाथि केपी ओली बादल गृह प्रशासनले प्रहरी लगाएर दमन गरेको छु विज्ञप्तिमा भनिएको छ यो घटनाको पार्टी निन्दा एवम् भर्त्सना गर्दछ ।

प्रकाण्डले राजनीतिक कार्यक्रममा हिँडेका नेता(कार्यकर्तालाई दमन, गोली प्रहार र समातेर हत्या गर्ने क्रम नरोकिए प्रतिरोध थाल्ने उल्लेख गरिएको छ । एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेता कार्यकर्तालाई दमन, गोली प्रहार र समातेर हत्या गर्ने ओली बादलमण्डली सरकारको कार्य निन्दनीय छ विज्ञप्तिमा भनिएको छ अविलम्ब यो दमन नरोके नेकपाले प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही केपी(बादल सरकार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्