अर्जेन्टिनालाई २-०ले हराउँदै ब्राजिल फाइनलमा

आयोजक ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको सेमिफाइनल खेलमा ब्राजिलले प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० गोलले हरायो थियो । १९औं मिनेटमा ग्याब्रीयल जेससले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

अर्जेन्टिनाले ३० औं मिनेटमा बराबरी गर्ने मौका गुमाएको थियो । सर्जियो एग्युरोको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । दोस्रो हाफमा शसक्त देखिएको अर्जेन्टिनाको प्रहार विफल बनेको थियो । ५७औं मिनेटमा कप्तान लियोनल मेस्सीको प्रहार पनि पोस्ट्मा लागेर फर्किएको थियो । ब्राजिलले ७१औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनायो ।

ब्राजिलका लागि दोस्रो गोल रोबर्टो फिर्मिनोले गोल गरे । उनले काउन्टर प्रहारमा गोल गर्दै टोलीलाई फाइनलमा पुर्याएका थिए । अर्जेन्टिनाले खेलको अन्तिमसम्म गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन । ब्राजिलले फाइनलमा साविक विजेता चिली र पेरुबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्