आईफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौ असार १८ / आईफा अवार्ड समारोह रोक्न संसदीय समितिको निर्देशन प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी आईफा अवार्ड नगर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बैठकले आईफा अवार्ड गरिनु नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथिकै गम्भीर हमला भएको निष्कर्ष निकाल्दै अवार्ड रोक्न निर्देशन दिएको समिति सदस्य सुदन किराँतीले जानकारी दिएका छन । आईफा अवार्डका तर्फबाट नेपाललाई पठाइएको मस्यौदा अध्ययन गर्दा नेपाल सार्वभौम राष्ट्र भन्दा पनि भारतको कुनै प्रदेशजस्तो लाग्छ ।

त्यसैले समितिले अवार्ड रोक्न निर्देशन दिएको हो । छोटो समयमा यति ठूलो लगानी, त्यो पनि नेपाली जनताको पैसा खर्च गरेर कार्यक्रम गर्नु उचित नभएको समितिले ठहर गरेको हो । यसअघि आजै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदको विकास मितिमा नेपालको ब्रान्डिङका लागि ओस्कार अवार्ड पनि गर्न सकिने बताएका थिए ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आईफा अवार्ड नेपालमा गर्न स्वीकृति दिएको थियो । उक्त अवार्ड गर्न आईफालाई पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले ४४ करोड २५ लाख रुपैयाँ नगद दिने तयारी गरेका थिए । कलाकारसहित आउने करिब छ सय जना आउने–जाने प्लेनभाडा र होटलमा बसेको खर्च जोड्दा करिब एक अर्ब रुपैयाँ हुने अनुमान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्