नेकपा प्रवेश गर्ने दिपक मनाङे


पोखरा असार १८ / गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

उनलाई गण्डकी प्रदेशका मुख्य मन्त्री समेत रहेका नेकपाका नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम तय भएको छ ।

मनाङ ‘ख’ बाट निर्वाचित गुरुङले नेकपाकै सहयोगमा चुनाव जितेका थिए । ज्यान मार्ने उद्योग सम्बन्धी पुरानै मुद्दाको क्रममा पक्राउ परेका उनले सपथ २०७५ माघ १४ गते प्रदेश सभा सांसदको सपथ लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्