८ महिने शिशु बलात्कृत

सिराहा असार १८ / सिराहामा ८ महिने शिशु बलात्कृत भएकी छन् । सिराहास्थित लाहान नगरपालिका–२४ मणिक गाउँकी ती ८ महिने शिशु बलात्कृत भएको प्रहरीले जानकारी दिएका छन ।

प्रहरीले बलात्कारको आरोपमा १४ वर्षीय किशोरलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ । ८ महिने शिशुलाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन गएको बेला ति किशोरले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

खाजा पुर्याएर फर्किंदा शिशुकी आमाले ती किशोरलाई घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले सूचना दिएको आधारमा किशोरलाई पक्राउ गरी इलाका प्रहरी कार्यलय लहानमा राखी अनुसन्धान चलिरहेको सिराहाका प्रहरी नयाब उपरीक्षक डिएसपी भेषराज रिजालले जानकारी दिएको छ ।

अहिले शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । किशोरलाई इलाका प्रहरी कार्यलय लहानको बालनिगरानी कक्षामा राखी थप अनुसन्धान भइरहेको डिएसपी रिजालले जानकारी दिए । किसोर लाई कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको डिएसपीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्