ताप्लेजुङका दुई वडा अध्यक्षले सरकारी सेवा सुविधा नलिने घोषणा

ताप्लेजुङ असार १८ / ताप्लेजुङका दुई वडा अध्यक्षले गाउपालिकाको सेवा सुविधा नलिने घोषणा गरेका छन ।
ताप्लेजुङको मिक्वाखोला गाउपालिका वडा ४ र ५ का वडा अध्यक्षले गाउपालिकाबाट कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन ।


मिक्वाखोला गाउपालिकाको वडा न ४ का अध्यक्ष भिम बहादुर थलङ र वडा ५ का अध्यक्ष डन्डु लामा ले गाउपालिकाले दिने सेवासुबिधा र दैनिक भ्रमण भत्ता नलिने मंगलवार भएको गाउसभा मार्फत घोषणा गरेका हुन ।


वडा अध्यक्षले मासिक १९ हजार तलब र बैठक भत्ता दुई पटकको साढे सात हजारको दरले १५ हजार गरी कुल ३४ हजार नलिने घोषणा गरेको वडा ५ का अध्यक्ष लामाले बताए । गाउपालिकाले मासिक दुई पटक भम्रण भत्ता खान मिल्ने कार्यविधि बनाएको छ ।

उनले हाल सम्म गाउपालिकाबाट सेवा लिए पनि अब देखि नलिने घोषणा गरेका हुन । थलङले भने तलब लिने तर बैठक भत्ता तथा दैनिक भम्रण भत्ता नलिने घोषणा गरेका हुन । उनीहरुले आफुले पाउने सेवा सुविधाहरु आफुले नलिने तर त्यो रकम वडाका बालबालिका तथा बृद्ध बृद्धाहरुको लागि खर्च गर्ने घोषणा समेत गरेका छन ।


प्रतिक्रिया दिनुहोस्