पुल निमार्ण जिम्मा पाएका ठेकेदार कम्पनिले १६ महिनामा बल्ल एउटा खाल्डो


ताप्लेजुङ असार २१ / ताप्लेजुङको तमोर करीडोर अन्तर्गत लिम्बुनि पुल निमार्ण जिम्मा पाएका ठेकेदार कम्पनिले १६ महिनामा एउटा खाल्डो मात्रै खनेको छ । चिन र भारत जोड्ने अन्तराष्ट्रिय महत्वको पुल भए पनि यस्मा ध्याम गएको छैन ।

याक्थुङहाङ जेवि कम्पनीले निमार्णमा ढिलाई गरेको हो २०७७ भदोमा सक्ने गरी २०७४ फागुन ६ गते सम्झौता भएको थियो कम्पनिले एकतर्फको वेस राख्ने खाल्डो खन्नमै यतिका समय बिताएको छ ।

त्यो पनि पुरा भएको छैन अहिले भने निर्माणनको कामनै ठप्प छ । पुलको ठेक्का लगाएको उतर( दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाका प्रमुख राम बहादुरका अनुसार यो ५ प्रतिसत मात्रै काम भएको बताउछ ताप्लेजुङको आठ्राई त्रीवेणी र पाँचथरको हिलिहाङ गाउपालिकाको बीचमा तमोर नदिमाथी पुल निमार्ण हुन लागेको हो यस्को लागत २२ करोड छ ।

ठेकेदारले लापरबाही गरेको स्थानियको गुनासो छ । तर ठेकेदार तेज कुरुङवाङले भने निमार्ण स्थलमा सडक नभएको र स्थानियले सहयो नगरेर काम ढिलाई भएको र सम्झौता अनुसार पेश्की नपाएको उनको भनाई छ ।

तर लोकमार्ग आयोजना प्रमुख गुरुङले भने कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नु पर्ने बताउछन् कुनै पनि बाहानामा ढिलो गर्न पाउंदैन यदि भनेको समयमा नसके कानुनी प्रक्रियामा अघि बढांउने चेतावनी समेत दिएका छन ।


प्रतिक्रिया दिनुहोस्