भक्तपुर केन्द्रबिन्दू बनाएर ४.६ रेक्टरको भूकम्प

काठमाडौ असार २१ / काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १६ मिनेटमा धक्का महसुस गरिएको हो । भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताउनु भएको छ ।

उनका अनुसार भूकम्पको धक्का उपत्यका आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्