भ्रष्टाचार भएको भन्दै मेसीद्वारा मेडल लिन अस्वीकार

आइतबार भएको तेस्रो स्थानको खेलपछि मेसीले आयोजकप्रति असन्तुष्टि व्यक्त गर्दै मेडल समेत लिन अस्वीकार गरेका छन्।

आइतबार तेस्रो स्थानका भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि २(१ को जित निकालेर कास्य पदक जितेको थियो। मेसीले खेलको ३७ मिनेटमा रातो कार्ड पाएका थिए। उनको यो खेल जीवनको दोस्रो रातो कार्ड हो।आयोजकप्रति असन्तुष्टि जनाएका मेसी तेस्रो स्थानको मेडल वितरण भइरहदा मञ्चमा गएनन्। त्यसपछि प्रदान गरिएको ट्रफी विरतरणमा पनि अर्जेन्टिनी कप्तान मेसीले सहभागिता जनाएनन्।

यसअघि ब्राजिलविरुद्धको खेलपछि पनि मेसीले रेफ्रीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। सो खेलमा ब्राजिलले अर्जेन्टिनामाथि जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो। फाइनलमा आयोजक ब्राजिल र पेरुबीच आइतबार मध्यरातमा खेल हुँदैछ।

हामीले भ्रष्टाचार भएको स्थानमा सभागिता जनाउनु हुँदैन। किनकी हामी यो प्रतियोगितामा पीडित बनेका छौं मेसीले स्पेनिस मिडिया एएसलाई भनेका छन् । ‘हामी दुवैलाई पहेँलो कार्ड दिए हुँदा केहि फरक पर्दैन थियो। यस्तै कुराले प्रतियोगितामा असर परेको छ।’

खेलका दौरान मेसीले चिलीका ग्यारी मेडलसँग कुम र टाउको जुधाएका थिए। त्यसपछि रेफ्रीले दुवैलाई रातो कार्ड दिएका थिए।‘हामीले प्रतियोगितामा राम्रो खेल खेल्यौं। तर व्यक्तिगत रुपमा म पीडित भएँ,’ मेसीको भनाइ छ।

मेसीले आइतबार हुने फाइनलमा त्यस्तो गल्ती नदोहोरिने विश्वास व्यक्त गरे। साथै देशका लागि उपाधि जित्न नसकेको विषयमा सोधिएको प्रश्नमा उनले आफू खेलप्रति केन्द्रित भएको तथा देशका लागि खेल्दा सधैं गर्व महसुस भइरहने प्रतिक्रिया दिए। एजेन्सी


प्रतिक्रिया दिनुहोस्