सेमिफाईनलमा मलेसिया नेपालको प्रतिद्धन्द्धी

काठमाडौ असार २२ / नेपालले ए सिसी यु-१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिताको सेमिफाईनलको प्रतिद्धन्द्धीका रुपमा मलेसियासँग सामना गर्ने भएको छ । शनिवार समुह बी,को अन्तिम खेलमा हङकङँंग ३ रनले पराजित भएसंगै समुह बि,को उपविजेता बनेका मलेसियाले नेपालसंगको भेट पक्का गरेको हो ।

नेपाल भने यस अघिनै समुह ए-को विजेताको रुपमा सेमिफाईनलमा प्रवेश गरेको थियो । समुह बी-विजेता हङकङले समुह ए,को उपविजेता सिगापुरसँग खेल्ने छ । दुवै सेमिफाईनल खेल सोमबार र फाईनल खेल मंगलवार हुने छ ।

हङकङले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको मलेसिया अन्तिम बलमा अलआउट हुंदै १ सय ६९ रनमा रोकिएको थियो । यसअघि शुक्रवार भएको समुह ए,को अन्तिम खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै लेपाल समुह ए,को विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियो ।

जारी प्रतियोगिता लेपालसंग आयोजक मलेसिया , चिन , हङकङ , थाईल्याण्ड , सिंगापुर र भुटानको सहभागिता छ । प्रतियोगिताको विजेता टोलिले श्रीलंकामा अगष्ठ २८ देखि सेप्टेम्बर ८ सम्म ए सिसी यु-१९ एसीया कप हुनेछ ।


प्रतिक्रिया दिनुहोस्