करेन्ट लागेर एक युवकको मृत्यु तीन घाइते

दोलखा असार २२ / दोलखा गौरीशङ्कर गाउँपालिका–९ सिमिगाउँका २८ वर्षीय दोर्जे तामाङको करेन्ट लागेर ज्यान गएको हो भने उहाँसँगै कोदो रोपिरहेका सो गाउँकै ७२ वर्षीय बिर्खबहादुर गुरुङ, ४३ वर्षीया सानुमाया तामाङ र २७ वर्षिय जट्ट तामाङ सामान्य घाइते भएका छन् ।

आफैँले अधिया कमाएको बारीमा कोदो रोप्ने क्रममा कोदालोले बारी खन्दा छेउमै रहेको पोलबाट करेन्ट लागेर तामाङको घट्नास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्