तरकारी परीक्षणको माग गर्दै नेविसंघ सरकारविरुद्ध आन्दोलन

काठमाडौं असार २२ / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संगठन नेपाल विद्यार्थी संघ नेविसंघ सरकारविरुद्ध आन्दोलित बनेको छ ।

भारतबाट आउने तरकारी तथा फलफुल परीक्षणपछि मात्र नाकाबाट भित्राउने निर्णयबाट सरकारपछि हटेको भन्दै नविसंघ आन्दोलित बनेको हो । सरकारले नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै संघका निर्वतमान महामान्त्री कुन्दनराज काफ्लेले एक विज्ञप्ति जारी गरी ५ दिने आन्दोलनका कार्यक्रममा घोषणा गरे ।

संघले विषादीयुक्त फलफुल बहिष्कार गर्नेदेखि लिएर जिल्ला प्रशासन कार्यालयहरुमा तरकारी उपहार पठाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्