ब्राजिललाई कोपा अमेरिकाको उपाधी,४४ बर्षपछि पेरु फाइनलमा

काठमाडौं, २३ असार। ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आईतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले सन् २००७ पछि पहिलो पटक घरेलु मैदानमा कोपा अमेरिकाको उपाधि उचालेको हो ।

प्रतियोगितामा अन्डरडग टिमको पहिचान बनाउँदै ४४ बर्षपछि फाईनल पुगेको पेरु उपाधि जित्नबाट बञ्चितनै रह्यो ।ब्राजिललाई १२ बर्षपछि कोपा अमेरिकाको उपाधि जिताउन ग्याब्रियल जिससले नायकत्व प्रर्दशन गरे । उनले एक गोल गर्नुका साथै एक गोलको अवसर सिर्जना गरेपछि ब्राजिलले फाईनल खेलमा सहज जित दर्ता गरेको हो ।

खेलको १५ औ मिनेटमा जिससको पासलाई सदुपयोग गर्दै सुसा सोरेसले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । बायाँबाट जिससको उपलब्ध गराएको क्रसलाई सोरेसले पोस्टको दिशा दिएका थिए ।पाओलो गुरेरोले ४४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै पेरुलाई खेलमा फर्काएका थिए । ब्राजिली डिफेन्डर थिएगो शिल्भाले ट्याकल गर्ने समय बलले उनको हातलाइ छोएपछि पेरुले पेनाल्टीको अवसर पाएको थियो ।

तर पहिलो हाफको ईन्जुरी समयमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को स्थितीमा पुर्याएका थिए । डिबक्सभित्र खाली रहेका जिससले सहजै गर्न सफल रहेका थिए ।७० औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै जिससले मैदान छाडेपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो । तर खेलको अन्तिम मिनेटमा पेनाल्टीमा गोल गर्दै रिचर्डलिसनले ब्राजिलको जित सुनिश्चित गरेका थिए ।

ब्राजिलले नवौ पटक कोपा अमेरिकाको उपाधि उचाल्न सफल भएको छ । सन् २०१६ को ओलम्पिक खेलमा स्वर्ण जितेपछि ब्राजिलको यो पहिलो उपाधि हो ।र योसंगै ब्राजिलले घरेलु मैदानमा आयोजित सबै संस्करणको कोपा अमेरिकाको उपाधि जित्ने कीर्तिमान समेत कायम राख्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्