जिन्डल ब्रान्डको मेट्रेस, फम अब नेपालमा

काठमाडौं असार २४ / भारतीय जिन्डल ग्रुपले नेपालमा रहेको इन्दिरा एक्सपोर्ट र इनपोर्ट प्रा.ली.सँग सहकार्य गरेर जिन्डल ब्रान्डको मेट्रेस फम ,कुसन भित्राएको छ ।
गतशनिबार पहिलो पटक नेपालमा उद्घाटन कार्यक्रम राखेको यस कम्पनीले आफ्ना नेपालमा रहेका डिलरहरुलाई बोलाएको थियो ।

उक्त कार्यक्रममा जिन्डल ग्रुपका प्रबन्धनिर्देशक रिशव जिन्डले सन् 1994 देखि भारत लगायत अन्य अन्तराष्ट्रिय बजारमा जिन्डल मेट्रेसले राम्रो
स्थान पाईराखेको बताएका छन् । साथै भारतमा रहेको HONDA मोटर कम्पनीले पनि सिटको लागि जिन्डल कै फम प्रयोग गरेको बताए छ ।


इन्दिराइन्दिरा एक्सपोर्टका सन्चालक शैलेस सिंहले पनि नेपालमा मेट्रेसको प्रयोग निकै हुनगइरहेको बेलाक्ष्क्इ प्रमाणीत जिन्डलको मेट्रेस. फम. कुसन नेपालीबजारमा सजिलै उपलब्ध हुने व्यहोरा प्रष्ट पार्नुभयो ।


नेपालमा अहिले तिन सय भन्दा बढी डिलर सँग सम्झौता भैइसकेको र उपभोक्ताको सहजिकरणका लागीअनलाइन् सिस्टम् बाट सजिलै घरघरमा
जिन्डलका उत्पादन गराउने कार्यमा लागेको नेपालका लागि प्रमोटर अरुण मल्लले जानकारी दिनुभयो ।


ललितपुरको महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी पाटी भेन्यूमा भव्य रुपमा कार्यक्रम गरेको थियो । उक्तकार्यक्रममा डिलर , होलसियर लगायत पाँचसय जनाभन्दा बढि व्यपारीहरुको उपस्थितीथियो, जसमध्ये पाँचजनालाई उपहार स्वरुप मेट्रेस वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्