कमानधोज लावतीको हाक्पारे ख्यालीमा विशाल र नुमा (भिडियोसहित)

काठमाडौं, २४ असार । कमनध्वज लावती र रोशा साम्सोहाङको स्वरमा लिम्बू जातिको हाक्पारे पालाम म्युजिक भिडियोमा सार्वजानिक भएको छ । लोकेन साँवाद्वारा निर्देशित भिडियोमा विशाल सेनेहाङ र नुमा लिम्बूले अभिनय गरेका छन् ।

हङकङलाई कर्मथलो बनाएर पनि नेपाली गीतसंगीतमा क्रियाशील रहेका गायक तथा संगीतकार कमानधोज लावती लिम्बूको ‘हाक्पारे ख्याली’ बोलको गीत तथा भिडियो हङकङमै एक कार्यक्रमकाविच सार्वजनिक गरिएको हो।
लोकेन साँवा लिम्बूले निर्देशन गरेको भिडियोमा मोडल बिशाल सेनेहाङ र नुमा लिम्बुले अभिनय गरेका छन् । अशोक लोहोरुङ राईको संगीत रहेको उक्त गीतको भिडियोलाई हेमन तामाङले छायाँकन गरेका हुन् ।
‘हाक्फारे गायक’को पहिचान बनाएका गायक कमानधोजको यो पछिल्लो गीतलाई याक्थुङ स्वर समुह, पापाहाङ लाओती सयङ हङकङ र पान्थर मञ्चले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

(भिडियोसहित)


प्रतिक्रिया दिनुहोस्