प्रहरी र विप्लव समूहबीच भिडन्त दुई जनाको मृत्यु

काठमाडौं असार २५ / भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्दुविप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिएका छन् । उनले भने भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको मृत्यु भएको छ ।

मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था अहिले छैन।’ बुधबारे हटियामा भिडन्त भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिएको छ । अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस्