नेइमारलाई कारबाही गर्ने पिएसजीको चेतावनी

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी ले-स्ट्राइकर नेइमारमाथि आवश्यक कारबाही गर्ने जनाएको छ।पिएसजीको प्रि सिजन अभ्यास शत्रको पहिलो दिनको प्रशिक्षणमा नेइमार अनुपस्थित भएपछि क्लबले उनीमाथि कारबाही गर्ने जनाएको हो ।

२७ वर्षीय नेइमार सोमबारको अभ्यासमा अनुपस्थित थिए।यसअघि नेइमार स्पेनिस क्लब बार्सिलोनामा फर्कनका लागि कुरा भइरहेको सार्वजनिक भएको थियो।

‘नेइमार क्लबलाई जानकारी नदिइ अभ्यासमा अनुपस्थित भएका छन्,’ क्लबको विज्ञप्तिमा भनिएको छ, ‘यो विषयमा क्लबलाई दुस्ख लागेको छ।’यता क्लबका स्पोर्टिङ निर्देशक लियोनार्दोले नेइमारले राम्रो अफर पाए क्लब छाड्न सक्ने बताएका छन्।

नेइमारका बुबाले सामाजिक कामका कारण क्लबको प्रशिक्षणमा अनुपस्थित भएको बताएका छन्। नेइमारको कार्यक्रमबारे क्लबलाई पहिले नै थाहा भएको उनको भनाइ छ। नेइमार अझ एक साता क्लबको प्रशिक्षणमा हुने छैनन्।एजेन्सीनेइमार सन् २०१७ मा २२२ मिलियन युरोपमा पिएसजी गएका थिए।

सिजनको लिग सकिएपछि कताविरुद्धको मैत्रीपूर्ण खेलमा नेइमार घाइते भएका थिए। जसका कारण उनले कोपा अमेरिका २०१९ गुमाएका थिए।नेइमारबिनाको ब्राजिलले १२ वर्षपछि उपाधि जित्ने क्रममा पेरुलाई हराएको थियो ।


प्रतिक्रिया दिनुहोस्