ताप्लेजुङ वासी भौतारीएको कस्तुरी झैं बन्ने ख.तरा

घुन्सा, कंचनजगा वेस क्यांम्प यात्रा संस्मरण
कस्तुरी यस्तो जनावर हो, जसले आफनो शरिरमा भएको मिठो वास्ना कता बाट आयो भन्दै भेटाउने आशामा भौ तारिन्छ र उस्ले मिठो वास्ना नभेटी मृत्यु वरण गर्छ । हामी ताप्लेजुङ वासी समेत वास्ना हराएको कस्तुरी झै बन्ने खतरा बनेको छ ।

राजनीतिक जिवनको संघर्षमा कहिले स्वदेश कहिले बिदेशमा पुगियो तर जन्मस्थान ताप्लेजुङको विशाल क्षेत्र देख्न भने आजको दिन सम्म कुर्नु पर्यो ,अझ भनौ ३ दशक पार गर्नै पर्यो । फक्ताङलुङ गाउँपालिका नेपालको तेश्रो र ताप्लेजुङ जिल्लाको ठूलो गाउँपालिकाको घुन्सामा जब जाने अवसर मिल्यो अनि थाहा भयो, मेरो जिल्ला मेरो गाउँपालिका कति सुन्दर र विशाल रहेछ ।

उदयीमान युवा नेता तथा नेकपा प्रदेश नं १ कमिटि सदस्य मिङमा डण्डु शेर्पा ,पत्रकार टिकाराम खड्का ,एनटीसीका प्राविधीक टोली र क्यामेरा पर्सन रामेश्वर तिमलसिना सँग काठमाडौँबाट यात्रा सु्रू भएर ,झापा ,ईलाम, पाचँथर हुदै ताप्लेजुङ सम्मको थियो । ताप्लेजुङ को सदरमुकाम बाट रानीपुल सम्म गाडीको यात्रा पछी सुरु हुन्छ पैदल यात्रा त्यो पनि ५ हजार १ सय ४३ मिटर उचाइसम्म, झट्ट भन्दा सजिलो लाग्छ तर ५ हजार १ सय ४३ मिटर उचाई मेरो जिवनको सवैभन्दा अग्लो उचाई थियो ।

सायद राजनितिक जीवनको यो उचाई पार गर्न त्यति सहज थिएन पनि । तर अठोट र हिम्मत भने त्यही उचाई चुम्नु थियो । तर मैले त्यहा पुगेर कुनै किसिमको प्रचार वाजी वा वाह वाही कमाउनु भने थिएन । थियो त केवल त्यस क्षेत्रका सम्भावना र चुनौति केलाउनु । एक पोका चाउचाउ र युवा नेता मिङमा डण्डु शेर्पा सहितको टोली रानीपुलको गाडी यात्रापछी पुल तरेर पारी लेलेप सुन्दर गाऊँको मुनि गरतिरको बाटो हुदाई गोला बाट आएको खोला तरी सेकाथुम पण्डा होटल बास बसीयो, सेकाथूम लगभग ३५ घर जती रहेछन, दुःखको कूरो पारी लेलेप हेल्लोक बीजूली बत्ती बलेको छ, १००० मीटरको दूरीमा रहेको सेकाथूम अन्धकारजीवन बाँच्न बाध्य छन ।

सेकाथूमको लागी हाईड्रो बनीने तरखरमा रहेछ तर त्यो कार्य सुस्ताएक़ो छ । कहिले बन्ने निश्चित भएको छैन । हुनेले सोलार बत्ती बालेक़ा छन नहुने ले आज पनी टुकीको सहारामा रात कटाउदा रहेछन।पारी बलिरहेको लाइन जोड़ने हो भने प्रत्येक घर ले रु १ लाख को दरले रक़म जम्मा गर्नुपर्ने रहेछ र रक़म उठन सबैको हैसियत छैन । त्यहाको जन जीवन कस्टकर रहेको महसूस गरे, मनमा खिन्नता छाएर आयो, किन यो असमानता यो दुनियामा प्रश्न लिएर यात्रा बिहान घुन्सा खोला पछ्याउदै अम्जीलेसा तर्फ़ लागीयो ।


पटक पटक एउटै खोला तर्दै यात्रा अ अघि बढ़ीरहयो, बाटोमा धेरै खच्चरहरू र चौरी गाईहरू भारी बोकेर हिडदो रहेछ । सामुन्द्रिक सतह बाट २३०८ मीटर उचाईमा अवस्थित “अम्ज़िलेसा “ भन्ने गाऊँ पुग़ियो र अघि बढीयो बास बस्ने ठाऊ एकै चोटी ग्यपला तर त्यहा पुग्न ५ घण्टा लाग़्दो रहेछ , त्यहाको बासीन्दा सँग़ क़ुराकानि गर्ने सौभाग्य मिल्यो , साचै त्यो ठाऊको अयस्रोत होटल व्यवसाय मात्र हो तर अब पर्यटकहरूनै खोला बाटो हिडनसुरू गरे पछि बसाई जानु को विकल्प रहेंन, घुन्सामा संचार माध्यमको नाममा ४ लाईन को भिस्याट बाहेक अन्य ब्यवस्था थिएन । त्यसैले नेपाल टेलिकमको टीम सहित हामी त्यँहा पुगेका थियो । फलस्वरुप आजदेखी त्यस भेगका वासिन्दाले संचारमा जोडीने मैका पाएका छन् ।


हामी पत्रकार सहित घुन्सामा पुगेको थियौं, घुन्सामा स्थानियको न्यानो स्वागत र त्यस क्षेत्रको समस्याहरु सुने पछी मेरो मनमा थुप्रै कुराहरु खेलिरहेका छन् । एक बोरा चामलको मुल्य भन्दा धुवानी महँगो पर्दोंरहेछ । यति महँगो भएर पनी उनीहरु सहजै हामीलाई पाहुना मानेर स्वागत मात्रै होइन विभिन्न परिकार बनाएर खुवाउदै थिए । त्यस क्षेत्रका मानिसहरु बौद्ध धर्ममा विश्वास गर्दारहेछन,साच्चिकै उनिहरु दयालु ,ईमानदार र सांस्कृतिक रहेछन उनिहरूक़ो संस्कृति भेसभूसा सत्कार बाट हामी नतमस्तक भयौं । घुन्सामा चार दिन बितेको पत्तै पाईएन । तर हाम्रो यात्रा भने घुन्सावाट झन्डै दुई दिन लाग्ने “कंचनजंघा” बेस क्याम्प सम्म पुग्नु थियो । त्यसपछी युवा नेता मिङमा डण्डु शेर्पा सहितको टीम टेलिकमका प्राबिधिक मित्रहरु घुन्सामा वस्ने निधो गरे ।

फलेको प्राकृतिक सुन्दरता चूमदै बेलुक़ी पख घुन्सा पुग़ियो घुन्साको चिरपरिचित हीमाली चूङदाक दाइको सुबिधा सम्पन्न होटेल कंचन जंगा गेस्ट हाउसमा बसीयो । घुन्सामा संचार माध्यमको नाममा ४ लाईन को भिस्याट बाहेक अन्य ब्यवस्था थिएन पनि । त्यसैले युवा नेता मिङमा डण्डु शेर्पाको अथक प्रयास पहल क़दमिबाट संचार जोड़ने हरेक घुन्सा बासीको हात हातमा संचार पूर्यौंन मिशनको साथ नेपाल टेलिकम को टीम सहित हामी त्यँहा पुगेका थियौ । फलस्वरुप आजदेखी त्यस भेगका वासिन्दाले संचारमा जोडीने मौका पाएका छन् ।



तर हाम्रो यात्रा भने घुन्सावाट झन्डै दुई दिन लाग्ने “कंचनजंघा” बेस क्याम्प सम्म पुग्नु थियो । त्यसपछी युवा नेता मिङमा डण्डु शेर्पा सहितको टीम टेलिकमका प्राबिधिक मित्रहरु घुन्सामा वस्ने निधो गरे पछी हामी पत्रकार टिकाराम खड्का, क्यामारापर्सन रामेश्वर तिमल्सीना र घुन्साका स्थानीय फुपु ढ़ुनडुप शेर्पा सहित म कंचनजंघा बेस क्याम्प लाग्ने भयौ । झन्डै ३५०० मिटर उचाई मा रहेको घुन्साबाट ५१०० मिटरमा अवस्थीत प्द्यऋ कंचनजंघा” बेस क्याम्प पुग्नु हाम्रो लागि चुनौती थियो । हामी अनवरत यात्रामा अगाडी बढ्दै गर्दा खम्बाछेन पुग्यौ ।

सामुन्द्रिक सतह देखी ४०२० मीटरको ऊचाइमा अवस्थित खम्बाछेन शेर्पा समुदायको उदगम थलो प्राकृतिक सुन्दरता र भौगोलिक हिसाबले स्वीजरलेण्ड भन्दा राम्रो पीउन योग्य सफ़ा खोलाको किनारमा अवस्थित सम्म परेको भूभाग त्यहा ग्यावु शेर्पाले ५० भन्दाबढी याक पालेर बसेका थिए , संगै उनको आफनै सनराईज होटेल समेत थियो । केक्याप नामक संस्थाले वीमा गरेको छ , तर हिमचितुवाले मारी दिएपछी मात्र एउटा याक वापत ८ हजार दिने रहेछ यदि मासु मात्र बेच्दा पनी क़रीब ५० हज़ार जती आऊदो रहेछ तर हिम चितुवा भन्दा हीमाली ब्वासा एक किसिमको श्यालले सखापै पारेको रहेछ ,त्यसले खाए बापत क़ेही पैसा बीमा नपौने रहेछ , यस्तै थुप्रै समस्या सुनिए अर्कों खम्बाचेन सेर्पाहरूको उदगम थलो रहेछ त्यहाँको धनीपुर्ज़ा अझै ननीस्क़ेको रहेछ उहाँको भनाई अनुसार धनीपुर्ज़ा को लागी पैसा प्रत्येक घरधुरी ले नेपाली १० हज़ारको दरले धेरै बर्स अघि उठाई सकेको र त्यो काम प्रत्येक निर्वाचनमा नेताहरूले गरीदीने आश्वासन मात्र बाड़ने भोट माग्ने तर काम चाही नगरेको र अहिले के भईरहेको छ कहाँ पूग्यो थाहा नभएको गुनासो पोखनु भयो ।

निकै लामों हिंडाइ पछी एउटा ठुलो खोला तरियो र एकछिन हिडे पछी पर क्षितिजमा सानो बत्ती बलिरहेको देखियो लामों सासफेरियों सायद त्यो नै हूनूपर्छ आज हामी बास बस्ने ठांऊ हाम्रो पाइला हरू बत्ती तीर अघि सर्यो क़रीब ९ : ३० बजे राती ४७८० मीटर ऊचाइमा अवस्थित लोहनाक पुग़ियो त्यहा पुग़्दा रात छिपेकोले वारिपरी को दृस्य देख्न सकेनौं र हामी कंचनजंगा गेस्ट हाउसमा बस्यौं त्यो फुर्वा ढून्डूप भाईको रहेछ, ,होटेल सिज़नमा चल्ने रहेछ , हामी निकै गलेका थियौं र पनी हामी यूवा भएको हैशियतले देशको राजनीतिक चिन्ताले छोड़ेंन, यति सुन्दर हीमाल अघि देखीएका प्राकृतिक सुन्दरताले भरीपूर्ण हाम्रो देश हामिले अझै विदेशी सामु हात फैलाउनु पर्ने इत्यादि दुःखका कुरा हरू बहस गर्यौ स्वाभाविक रूपले टिकारामजी पेसाले पत्रकारीता भएको कारण नेपालको राजनीति अन्योलता, नेपाल कम्युनिस्ट पार्टीको भावी राजनीतिककार्य योजना बारे मेरो बुझाई के रहेको छ भनि प्रश्न हरू गर्नु भएको हुनाले मैले आफ़नो धारणा सविस्तार गरी सक्दा रातको १२ बजेछ, हामी खाना खाई सूत्ने प्रयत्न गरियो तर लेक लाग़ेर होला निंद्रानै लागेन सुत्नै सकिएन,

खाजा खाए पछि ५१०० मिटर को उचाइमा रहेको कंचनजगा वेस क्यांम्प अर्थात पाङपेका लागी हिडियो वाटोमा निस्फिक्री चरण चर्दै गरेको नाउरको थान देख्दा लाग्यो जीवन भरि यस्तै हो । आनन्दले पेट भरिरहेको नाउरहरु मानिसहरु देखेपछी काला पहाड तर्फ लागे । स्मरण रहोस खम्बाछेन देखी नै रुखहरु थीएन भिरालो पहाड,भीरपाखा,छिचोल्दै हामी दिनको १ बजे ५१०० मिटरमा पुग्यौं । अर्थात कंचनजंघा वेस क्याम्प मा पुग्यौं । खुशिले सिमा नाघेको थियो ,तर मनमा पीडा बोध पनि भएको थियो ।

आँखै अगाडी कंचनजंघा १ र २ देखे ,मन फुरुङ्ग भयो ।हामी ढीलो गरी पुगेकोले कंचनजंगा हिमाल खुल्ला थीएन कुहीरोले केही छोपि सकेको थिए हामिले त्यहा २ घण्टा कुरेर बस्यौं खुलेपछी फ़ोटो लिने भनेर तर त्यती खुलेन । जती देखियो त्यती नै फ़ोटो लीयौं र हामी फर्क़ीने नीधो गर्यौ मनमा अलिकती खूसी अपूग़ नै भयो हूनत सबै इच्छा चाहना त कहाँ सबै पुग्छर भने झैं ढीलो पुग्नाले सफ़ा हीमाल हेर्न पाएनौ र पनी त्यहौ पुग्ने मिशन पूरा गरीएको थियो ओभरल सफल नै भएको निष्कर्ष नीकाल्दै फर्कीयौं , पुन ल्होनाक मा ५ बजे खाना खाई रात साँझ बतिबालेर ८ बजे तीर खम्बाचेन ग्याबु भाईकै होटलमा बास पुगियो भोलि पल्ट त्यहां बाट पुन घुन्सा फर्के अनि पुगे १८३१ मा वनेको टासी छोलिङ गुम्बा दर्शनमा ।

हाल वर्षभरीमा पर्यटक संख्या मुश्किलले ७७०० देखी ८०० भित्रिदों रहेछ यदि घुन्सा सम्म मोटरेबल बाटो पुर्याउन सके नेपालमा चाइनीज़ हरू धेरै भन्दा धेरै संख्यामा घुम्थे तर विडम्वना यो प्रति ध्यान क़सैक़ो गएको छैन, वर्षको ७ सय ८ सय बिदेशी पर्यटकको भरमा आज पनी त्यहांको पर्यटन व्यवसाय चल्नुपर्ने बाध्यता रहेको छ । यी सम्पूर्ण समस्या चुनौती लाई सम्बन्धित निकायले व्यवस्थित बनाउने हो भने हामी समृद्धि अरु ठाऊ खोजीरहनु पर्दैन यही ठाऊमा छ र प्रचुर मात्रामा सम्भावना बोकेको छ । अन्तमा घुन्सावासी सम्पूर्णलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछू यहाँको साथ सहयोग को लागी हार्दिक आभार । मुक्ति लाबुङ,


प्रतिक्रिया दिनुहोस्