छोरीलाई बला.त्कार गरी भिडियो खिच्ने बाबु पक्राउ

कञ्चनपुर असार २६ / कञ्चनपुरको पुनर्वास नगरपालिका बस्दै आएका ३९ वर्षीय रामबहादुर नेपालीले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानाएको छ । नेपालीले मंगलबार राति करिब १० बजेतिर आफ्नै छोरीलाई बलात्कार गरेको र बलात्कार गर्दैगर्दा मोबाइलबाट भिडियोसमेत खिचेका थिए ।

नेपालीकी श्रीमतीले मोबाइल चलाउँदा भिडियोमा आफ्नै छोरीको अनुहार देखेपछि श्रीमान(श्रीमतीबीच झगडा सुरू भएको थियो त्यसपछि घटना बाहिर आएको प्रहरीले जनाएको छ । घटना बाहिरिएपछि इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको हो। पक्राउ पछि अन्ुसन्धान जारी छ ।


प्रतिक्रिया दिनुहोस्