फोम्बो परिवारको आयोजनामा चललित्र “के” हङकङमा प्रदर्शन हुँदै

काठमाडौं, २७ असार । तेस्रो आदिबासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड हात पार्न सफल भएको लिम्बू समुदायको सांस्कृतिकमूलक फिल्म ‘केः’ हङकङमा प्रदर्शन हुने भएको छ । फोम्बो परिवार हङकङको आयोजनामा यही १४ जुलाई अर्थात आइतबार हङकङको जोर्डनस्थित याउ मा तेई कम्युनिटी हलमा ‘केः’को विशेष प्रदर्शन हुन लागेको हो । फिल्म प्रदर्शनका लागि उक्त फिल्मकी अभिनेत्री बबिता फोम्बो, याक्थुङ हाक्पारे पालाम सयङकी अध्यक्ष रुपा आङबुहाङ लगायतका टिम हङकङ पुगिसकेका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तीन दिने “तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६” मा दुइ दर्जन धेरै विभिन्न समुदायको सँस्कार र संस्कृतिमा आधारित चलचित्रहरुलाई पछाडी पार्दै लिम्बु संस्कार संस्कृतीमा आधारित चलचित्र ”के”ले प्रथम स्थान सहित उत्कृष्ठ अवार्ड हात पारेको थियो ।

सागर केरुङ निर्देशित फिल्म ‘केः’मा लिम्बू समुदायको सांस्कृति बाजा ‘केः’ अर्थात च्याबु्रङ बनाउन अनिवार्य चाहिने गाई–गोरुको छाला र राज्यले गाई–गोरु मार्न प्रतिबन्धित कानूनी प्रावधानबीच अन्तरद्वन्द्वलाई समेटिएको छ । निर्देशक केरुङकै लेखक रहेको यो फिल्म माता पाथीभरा फिल्मस् प्रालिका लागि टाइसन केरुङले निर्माण गरेका हुन् । फिल्ममा सन्देश सुब्बा र डीआर हाङसरुम्बाको सह–निर्देशन, सञ्जय आचार्यको छायाँकन र प्रेम पन्दाकको संगीत रहेको छ । फिल्म ‘केः’मा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपानेलगायतका कलाकारको अभिनय छ ।


प्रतिक्रिया दिनुहोस्