बाढीपहिरोमा परि मर्नेको संख्या २१ ,१० जना बेपत्ता


काठमाडौं असार २८ / बिहिबार रातिदेखि परेको पानीले हालसम्म २१ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २१ जनाको मृत्युसँगै १० जना अझै बेपत्ता छन्। त्यसैगरी १० घाइते भएको जानकारी दिएको प्रहरीले पछिल्लोपटक ५० जनाको उद्धार गरिएको जनाएको छ। बेपत्ताहरूको खोजतलास भइरहेको पनि जनाएको छ।

प्रहरीले प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी राखेको बताएको छ । र सचेत रहन्नका लागि आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्