पुल बग्दा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

काठमाडौं असार २८ / पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ । बाढीले पुलको बिच भाग नै बगाएको छ ।

पुल बगाउँदा पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिएको छ ।पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिम यात्रा गरिरहेको छन् । पुल बगाएको ठाउँ बर्दिबास चोकबाट पश्चिमतर्फ करिब १ किलोमिटर पर्छ।

प्रहरीका अनुसार सो खोला त्यति ठूलो नभएकाले वैकल्पिक डाइभर्सन सोही खोलामा बनाउन मिल्छ तर पानी निरन्तर परिरहे यातायात अवरूद्ध भइराख्ने प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्