पहिरो खस्दा एकै परिवारका ३ जना वेपत्ता

भोजपुर असार २८ / भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ तुन्ताङमा पहिरोले घर पुरिंदा एकै परिवारका ती न जना वेपत्ता भएका छन् । शनिबार बिहान भान्छा घरमाथि पहिरो खस्दा ३५ वर्षीया मनकुमारी राई तथाउनका दुई छोराहरु १७ वर्षीय शिव कुमार र १५ वर्षीय शक्तिकुमार सम्पर्कविहीन भएका हुन् ।

उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामीले जानकारी दिएका छन् ।

‘बिहान भान्छामा छिरेलगत्तै पहिरो आएको र ‘निरन्तर पहिरो गइरहेकाले उद्धार गर्न पनि कठिनाई भइरहेको प्रहरीले जानकारी दिएका छन् ।उद्धारका लागि मानेभन्जाङ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्