यस वर्षको सर्वोत्कृष्ट शेर्पा चलचित्र टिन्छेन फमा

मिङमा शेर्पा काठमाडौं असार २८ / नेपाल सरकार, राष्ट्रिय चलचित्र अवार्ड २०७६ मा टिन्छेन फमा सर्बोकृस्ट चलचित्र रुपमा सम्मानित गरिएको छ । आदिवासी जनजाति चलचित्र अवार्ड मध्ये उत्कृष्ट चलचित्र टिन्छेन फामामा हिमाली आदिवासी जनजाति समुदायबाट शेर्पा वोल्डम्युजिक प्रालिद्वरा निर्माण गरिएको हो । शेर्पा फिल्मि टिन्छेन फामा नामक शेर्पा चलचित्र यो बर्षको सर्वोत्कृष्ट चलचित्रको रुपमा सम्मानित गरिएको हो ।

चलचित्र विकास बोर्डको नोमिनेसनमा पर्न सफल चलचित्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तकातथा दिर्घ साधना सम्मान बितरण गरिएको थियो ।

चलचित्रका नायक तथा सह निर्देशक आङ कुङ्ग शेर्पाले यो चलचित्रबाट शेर्पा समुदायको भाषा संस्कार संस्कृतिसंगै भावी पुस्तामा हस्तान्तरण गर्न अभिभावकको महत्व जस्ता विषय उठान गरेको बताउनुभयोे । पछिल्लो पुस्ता पश्चिमा संस्कृतिप्रति आकर्षित भइरहेका बेला चलचित्रहरुको माध्यमबाट सचेत गराउन सकिने उहाँको भनाइ छ । यो चलचित्रका अधिकांश सुटिङ हिमाली क्षेत्रमा गरिएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार पाउन सफल चलचित्रमा शेर्पा समुदायको संस्कार , संस्कृतिमा आधारित टिन्छेन फामा फिल्मिक लेखन तथा निर्देशन आङ ङिमा कुङ्ग शेर्पा र तेन्जिङ शेर्पा ले गर्नु भएको थियो भने फिल्मिमा आङ कुङ्ग शेर्पा नायक , सह निर्देशक रिन्छेन शेर्पा छोङ्बा नायक निर्माता रहेका छन् । त्यस्तै छिरिङ डोल्मा शेर्पा र सोनाम याङजि शेर्पा नायिकाको रुपमा देख्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्