नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

काठमाडौं असार २८ / मलेसियाले नेपालसामु जीतका लागि १ सय २९ रनको प्रस्तुत गरेको लक्ष्य नेपालले १८३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।नेपालको जीतमा कप्तान पारस खड्का नायक बनेका छन् । उनले विस्फोटक ब्याटिङ गर्दै मात्र ५० बलमा ८६ रन बनाए । यसक्रमा उनले ५ छक्का र आठ चौका हिर्काए ।

शरद भेष्वाकर १६ रन बनाएर नट आउट रहे ।आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनलको तयारीका लागि नेपाल मलेसियाको भ्रमणमा रहेको छ ।यसअघि, किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो ।

मलेसियाका लागि वीरनदिप सिंहले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४९ बलमा ७ चौका र १ छक्का हिर्काए ।त्यस्तै, कप्तान अहमद फैजले ४५ रन बनाए । ३९ बलमा उनले दुई छक्का हिर्काए ।नेपालका लागि करन केसीले तीन विकेट लिए । केसीले तीनै विकेट अन्तिम ओभरमा लिएका थिए ।

उता, सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोलीले घरेलु टोली मलेसियासँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ ।

टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ ।प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स -युएई मा आयोजना हुँदैछ ।

नेपाली टोलीमा पारस खड्का ९कप्तान०, ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी शरद भेषवाकर, ललितनारायण राजवंशी अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल सन्दीप लामिछाने पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल आरिफ शेख र जितेन्द्र मुखिया छन् ।


प्रतिक्रिया दिनुहोस्