ताप्लेजुङ समाजको चौथौं पूर्ण बैठक सम्पन्न,सल्लाहकार परिषद संयोजकमा माननीय योगेश भट्टराई

काठमाडौं २७ असार / ताप्लेजुङ समाज नेपालको चौथौं पूर्ण बैठकले नेकपाका नेता तथा प्रतिनिधी सभा सांसद माननीय योगेश भट्टराईको संयोजकत्वमा सल्लाहकार परिषद गठन गरेको छ । शनिबार समाजको केन्द्रीय कार्यालय धुम्बाराहीमा समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकको निर्णय अनुसार सल्लाहकार परिषदको सचिवमा माननीय पासाङ शेर्पा रहेका छन् । त्यस्र्तै ,सदस्यहरुमा माननीय सानु सिवा,पूर्व मन्त्रीहरु सुर्यमान गुरुङ,मणि लामा, विजय प्रकाश थेबे, याङकिला शेर्पा,ओङदी शेर्पा,पूर्व संविधान सभाका माननीय सदस्यहरु,डम्बरध्वज तुम्बाहाम्फे,सञ्चपाल मादेन,भुपेन्द्र थेबे, नन्द कुमार प्रसाई, प्रदेश सभा सदस्य माननीयहरु, टंक आङबुहाङ, बल बहादुर साम्सोहाङ,प्रताप प्रकाश हाङगाम, होमकुमरी साँवा,पूर्व माननीय सांसदहरु देवराज घिमिरे,तिलकुमार मेन्याङबो,कुलप्रसाद उप्रेती,शुक्रराज साम्योक,ओमप्रसाद ओझा,त्यस्तै विशिष्ट ब्यातित्वहरु ललित बहादुर लिम्बु,पुर्ण कडरिया,डम्बरु बल्लभ भट्टराई,नरेन्द्र दाहाल,फत्ते बहादुर मेन्याङबो,गजेन्द्र लिम्बु,रणध्वज आङबुहाङ, डा सुरेन्द्र केसी, डेलमान गुरुङ,बालकृष्ण श्रेष्ठ र भरतकुमार श्रेष्ठ रहेका छन् ।

बैठकले केही जिम्मेवारी हेरफेर गर्नुका साथै रिक्त रहेको पदहरुमा मनोनयन गरेको छ । जस अनुसार हरी प्रसाद थापा उपमहासचिव,योगेन्द्र कुमार नेयोङ कोषाध्यक्ष,मिङमादोर्ची शेर्पा सचिव,सलमान थलङ सह कोषाध्यक्ष र अन्य रिक्त सदस्य पदहरुमा मनोनयन गरिएको छ । साथै बैठकले समाजका उपमहासचिव याङजोम शेर्पा नेपाल सरकार नेपाल ट्रष्ट संचालक समिती सदस्य विशिष्ठ श्रेणी पदमा नियुतm भएकोमा खुसी प्रकटm गर्दै स्वर्णीम कार्यकालको बधाई समेत ज्ञापन गरेको छ । त्यसैगरी बैठकले ताप्लेजुङ समाज नेपालले घोषणा सभाबाट पारित गरेका ५ ओटा मुख्य कार्ययोजना मध्ये कुम्भकर्ण आपतकालिन राहत कोष अन्र्तगत ताप्लेजुङ जिल्ला लगायत अन्य क्षेत्रहरुमा भईपरी आउने प्राकृतिक,दैवि प्रकोपबाट पिडित जनसमुदायलाई तत्काल उद्धार तथा राहत सहयोगको लागि समाजले १०१ जनाको आपतकालिन सहयोग उद्धार टिम निर्माण गरि उतm टिमलाई आवश्यक तालिमको समेत ब्यावस्था गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा २०७६ साल भाद्र ७ गते काठमाडौमा तिज बिशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उतm कार्यक्रमको संयोजक समाजका उपाध्यक्ष तारा श्रेङ र सचिवमा समाजका उप महासचिव याङजो शेर्पा रहनेछन् । यस अघि ताप्लेजुङ समाज नेपालले आफ्नो स्थापनाकालमै ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पस र सिनाम बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह र स्त्तर तहका ७५ जना जेहेन्दार बिध्यार्थीहरुलाइ एक बर्षभरीको क्याम्पस शुल्क र भर्ना शुल्क बापत लाग्ने सम्पुर्ण रकमको छात्रबृती प्रदान गर्नुका साथै नयाँ बर्षको अवसरमा ताप्लेजुङ समाज नेपालले घुन्सा फाउण्डेसनसंग सहकार्य गरेर बृहत रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यका साथ सम्पन्न गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्