ग्रीजम्यान अब बार्सिलोनामा

असार २९ / बार्सिलोनाले क्याम्पनोउमा ग्रिजमनलाई हजारौं दर्शकमाझ सार्वजनिक गरेको हो । बार्सिलोनामा सार्वजनिक भएसँगै ग्रिजमनले आधुनिक फुटबलका हस्ती लियोनेल मेस्सीसँगै बार्सिलोनाबाट खेल्न पाउनुमा निकै उत्साहित रहेको बताएका छन् । बार्सिलोनाले दुई दिन अघि ग्रिजमनलाई १०८ मिलियन पाउन्डमा ५ वर्षको लागि अनुबन्ध गर्ने पक्का गरेको थियो ।

‘म धेरै खुशी छु । म यहाँ नयाँ सहयात्री र टिमसँगै रहेर क्लबको लागि त्याग गर्न सक्छु ।’ ग्रिजमनले भने नयाँ क्लबमा पक्कै पनि मलाई यहाँ चुनौती छ । यो चुनौती सामना गर्न तयार छु ।’ उनले क्लबको लक्ष्य ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जित्नु हो । त्यसैका लागि हामी समर्पित हुने बताए ।

ग्रिजमनका वकिलले ला लिगाको मुख्यालयमा शुक्रबार सम्झौतामा तोकिएअनुसारको रिलिज क्लज बराबरको रकम तिरेपछि लामो समयदेखि ग्रिजमनको बार्सिलोना जाने प्रक्रिया पूरा भएको थियो ।

यसअघि बार्सिलोनाले ग्रिजमनको रिलिज क्लजको रकम किस्ताबन्दीमा तिर्ने प्रस्ताव राख्दा एटलेटिकोले निराशा व्यक्त गर्दै विज्ञप्ति नै जारि गरेको थियो । शुक्रबर रिलिज क्लब तिरेपछि बार्सिलोनाले ग्रिजमनलाई अनुबन्ध गर्न सबै बाधा फुकेको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्