आँखालेनै विषादी परीक्षण रसुवागढीमा

काठमाडौ असार ३० / भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने सामान भने आँखाले हेरेको भरमा छाड्नु परेको छ ।

चीनबाट रसुवागढी नाका भएर यो वर्ष करिब चार अर्ब रुपैयाँका कृषिजन्य सामान आयात भएका छन् । वर्षेनि आयातको मात्रा बढ्दै गएको छ । तर, यो नाकामा कुनै पनि पूर्वाधार र उपकरण नहुँदा प्राविधिक कर्मचारीले विषादी भए, नभएको र रोग किरा लागे, नलागेको आँखो हेरेर छाड्नु परेको छ ।

२१ औं शताब्दी भए पनि परीक्षण आदिमकालको जस्तै छ । वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले चीनबाट कृषि तथा वनजन्य सामाग्री भित्रिने क्रम बढे पनि नाकामा विषादी परीक्षण हुन नसकेको बताए । यो समाचार आजको नागरिक दैनिकमा हिमनाथ देवकोटाले लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस्