नेपाल शेर्पा विद्यार्थी संघद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने

मिङमा शेर्पा पाङकर्मा काठमाडौं साउन १ / नेपाल शेर्पा विद्यार्थी संघले २०७५ को एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । आम शेर्पा विद्यार्थीहरुमा विषयगत ज्ञान क्षमता अभिवृद्धि, गर्ने समय सापेक्ष आफुलाई परिमार्जिन गर्दै अघि बढाउन टेवा पुर्याउने उदेश्यले एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने भएको हो ।

कार्यक्रम काठमाडौको वागबजार स्थित हार्दिक होटलमा साउन ११ गते सम्पन्न हुनेछ । साथै युवा विद्यार्थीहरुका लागि परामर्श र सचेतना अभिवृद्धि र वादविवाद प्रतियोगिता हुने समेत विद्यार्थी सघंका केन्द्रिय महासचिव डेमा छिरिङ शेर्पाले जानकारी दिनु दिए। उत्तm वादविवाद प्रतियोगितामा शेर्पा जातिले मात्र भागलिन पाउने छन ।

वादविवाद प्रतियोगितामा पुरस्कार समेत व्याबस्था रहेको जानकारी दिनु भयो । क्रमस प्रथम पुरस्कार रु दश हजार रुपैया दितिय सात हजार तिृतिय पांच हजार र प्रमाण पत्र समेत दिने घोषणा गरेको छ ।

उत्त वादविवाद प्रतियोतिामा प्रखर तथा चर्चित राष्ट्रियस्तरका वक्ताहरुद्धारा परामर्श, भाषा सांस्कृति र संस्कार बारे जानकारी दिने उच्च शिक्षा हांसिल गर्न र उज्जवल भविष्य निमाण सम्बंन्धमा परार्मश दिने , सामाजिक सदभाव शैक्षिक जागरण र क्षमता अभिवृद्धि एवं सचेतना वादविवाद प्रतियोगिताद्धारा वौद्धिक क्षमता विकास र नेतृत्व निर्माण जस्ता आवश्यकता , हुने भएकोले सम्पुर्ण शेर्पा समुदाय लगायत अन्य गैर शेर्पाजातिहरुमा नेपाल शेर्पा विद्यार्थी संघले आमन्त्रणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्