अदालतको निर्णयविरुद्ध आदिवासी जनजातिले साउन ४ गते १ नम्बर प्रदेश बन्द गर्ने

साउन ३ / नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय समितिले लोकसेवा आयोग र अदालतको निर्णयको विरोधमा साउन ४ गते प्रदेश १ बन्द गर्ने भएको छ। संवैधानिक प्रावधान र समानुपातिक समावेशी सिद्धान्तविपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै महासंघ प्रदेश १ ले प्रदेश बन्दको घोषणा गरेको हो।

लोकसेवाले आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएकालाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण सुरक्षित गर्नुपर्ने माग राखेको छ। लोकसेवा आयोगको असमावेशी विज्ञापनको साउन ३ गते प्रदेशका विभिन्‍न क्षेत्रमा कोणसभा जनप्रदर्शन र साउन ४ गते प्रदेश एक बन्द गर्ने महासंघ प्रदेश १ का अध्यक्ष ध्रुव सुब्बाले बताएका छन् ।

४ गते धनकुटामा लोकसेवाको मुख्य परीक्षाको अवसरमा बन्द गरिएको महासंघ सुनसरी अध्यक्ष राम मान्डुपा राईले बताए। आरक्षण बचाउ आन्दोलनको नाममा आन्दोलन हुने महासंघले बताएको छ।


प्रतिक्रिया दिनुहोस्