इटहरीबाट जनजाति महासंघका दर्जनौ प्रर्दशनकारी पक्राउ

अरुण पोस्ट संवाददाता इटहरी असार ४ / नेपाल आदिवासी जनजाति महासंघका दर्जनौ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । जनजाति महासंघले प्रदेश १ बन्दका क्रममा इटहरी बजार बन्द गराउदै हिंड्ने दर्जनौ प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कार्यकर्तालाई पक्राउ गर्दै गएपछी आदिवासिको बन्द भने प्रभावित बनेको छ । परिवर्तनबाट स्थापित सकारात्मक विभेद आरक्षण लाई निस्तेज पार्ने नियतले आएको विज्ञापनको विरोधमा निस्किएको आदिवासी जनजाती महांसघ प्रदेश नं १ ले बन्दको कार्यक्रम आयोजना गरेको थियो ।

आयोगले ५ सय १५ स्थानीय तहमा रिक्त ९ हजार १६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो । असार १० सम्म आवेदन दिने म्याद तोकिएको थियो ।प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन समावेशी नभएको जिकिरसहित रद्द गर्न निर्देशन समेत दिएको थियो । सर्वोच्च अदालतले मंगलबार विज्ञापनलाई वैधानिकता दिएपछि प्रक्रिया अघि बढाउने सम्बन्धमा रहेको अन्योल हटेको हो ।

लोकसेवा आयोगले गरेको विज्ञापन संविधानको भावना विपरीत भएको भन्दै यस अगाडि पनि विरोध प्रदर्शन हुँदै आएको थियो । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने आयोगको विज्ञापन संविधानको व्यवस्था अनुसार नै रहेको दावी गर्दै आएको छ ।आज प्रर्दशनकारि जनजाति महासंघ सुनसरी अध्यक्ष राम राई सहित दर्जनौ आदिवासिका नेता कार्यकर्तालाई बिहान मनशान्त होटलबाट निकालिएको र्यालीबाट प्रहरीले पक्राउ गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्