सेनेगललाई १–० गोलले पराजित गर्दै अल्जेरिया बन्यो अफ्रिकन कप च्याम्पियन

अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । इजिप्टमा शुक्रबार राति भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलले हरायो । अल्जेरियाले दोस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो । यसअघि अल्जेरियाले सन् १९९० मा पहिलो पटक उपाधि उचालेको थियो ।

खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै निर्णायक बन्यो ‌। बागदाद बोउनेदजाको प्रहार सेनेगेलका सालिफ सानेलाई ठोकिँदै गोल भएको थियो । खेलको सुरुवातमै अग्रता लिएपछि रक्षात्मक देखिएको अल्जेरिया अन्तिमसम्म सेनेगललाई रोक्न सफल भयो ।

दोस्रो हाफमा आक्रामक देखिएको सेनेगलले केही राम्रा अवसर गुमाएको थियो । दोस्रो हाफमा रेफ्रीले सेनेगललाई पेनाल्टी दिएरपनि भिएआरको सहायतामा तत्काल निर्णय बदर गरेका थिए । त्यसपछि अन्तिम मिनेटसम्म गोल फर्काउन प्रयासरत सेनेसफल गोलरहित निराश बन्यो ।

सेमिफाइनलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । सेनेगलले ट्युनिसियालाई अतिरिक्त समयमा आत्मघाती गोल सहयोगमा १–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्