कसलाई मन थियो परदेश जान‘ मा रुकमान र पुर्णिमाको दमदार अभिनय (भिडियो सहित)

काठमाडौं असार २४ / कमनध्वज लावतीको स्वरमा रहेको म्युजिक भिडियो ‘कसलाई मन थियो परदेश जान सार्वजानिक भएको छ । गायक सुसन साम्सोहाङको रचना तथा संगीतमा तयार भएको गीतलाई कमनध्वजले स्वर दिएका हुन् ।

विदेश जाने परिवारको कथामा आधारित रहेको म्युजिक भिडियोमा गायक रुकमान लिम्बू र पूर्णिमाले अभिनय गरेका छन् । त्यसैगरी भिडियोमा चर्चित अभिनेत्री तथा गायिका कविता आलेलाई पनि देख्न सकिन्छ । बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र युवराज वाइवाको निर्देशन बनेको म्युजिक भिडियो युमा आर्टस्को च्यानलमार्फत सार्वजानिक गरिएको हो ।

भिडियो


प्रतिक्रिया दिनुहोस्