विप्लव समूहका ब्यूरो इन्चार्ज पक्राउ

काठमाडौं साउन ५ / प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी नेकपा का उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गरेका छ । उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको हो ।
उनका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै समेत गरेका छन् ।

लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता पनि मान्दै आएको छ ।
विभिन्न समयमा राजधानीको तीन स्थानमा बम विस्फोट हुँदा ६ जना मारिएका थिए
विप्लव समूहलाई प्रतिबन्ध लगाउनुअघि गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरेर भएको बम विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको थियो भने अरु २ जना घाइते भएका थिए ।

यस्तै गत जेठ १२ गते राजधानीको अनामनगर घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटमा ५ जनाको मृत्यु भएको थियो । सो विस्फोटमा विप्लवकै कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको थियो । फागुन २८ गते सरकारले विप्लव समूह्लाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्