नेपाल शेर्पा विद्यार्थी संघद्धारा एसईई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने

मिङमा शेर्पा पाङकर्मा काठमाडौं साउन ६ / नेपाल शेर्पा विद्यार्थी संघले २०७५ को एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । आम शेर्पा विद्यार्थीहरुमा विषयगत ज्ञान क्षमता अभिवृद्धि, गर्ने सम सापेक्ष आफुलाई परिमार्जिन गर्दै अघि बढाउन टेवा पुर्याउने उदेश्यले एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने भएको हो ।

कार्यक्रम भने २०७६ ‌श्रावाण १० गते शुक्रबार बौद्ध, पुरानो अरब बैकं संगै याङग्रिमा होटेलमा बिहान १० बजे बाट हुने भएको छ । केहि दिन अगाडि बाग बजार स्थित हार्दिक होटलमा तोकिएता पनि प्राविधिक समस्याले याङग्रिमा होटेलमा तोकिएको हो ।

युवा विद्यार्थीहरुका लागि परामर्श र सचेतना अभिवृद्धि र वादविवाद प्रतियोगिता हुने समेत विद्यार्थी सघंका केन्द्रिय महासचिव डेमा छिरिङ शेर्पाले जानकारी दिए। उत्त वादविवाद प्रतियोगितामा शेर्पा जातिले मात्र भागलिन पाउने छन ।

वादविवाद प्रतियोगितामा पुरस्कार समेत व्याबस्था रहेको जानकारी दिए । क्रमस प्रथम पुरस्कार रु दश हजार रुपैया दितिय सात हजार तिृतिय पांच हजार र प्रमाण पत्र समेत दिने घोषणा गरेको छ ।

उत्त वादविवाद प्रतियोतिामा प्रखर तथा चर्चित राष्ट्रियस्तरका वक्ताहरुद्धारा परामर्श, भाषा सांस्कृति र संस्कार बारे जानकारी दिने उच्च शिक्षा हांसिल गर्न र उज्जवल भविष्य निमाण सम्बंन्धमा परार्मश दिने , सामाजिक सदभाव शैक्षिक जागरण र क्षमता अभिवृद्धि एवं सचेतना वादविवाद प्रतियोगिताद्धारा वौद्धिक क्षमता विकास र नेतृत्व निर्माण जस्ता आवश्यकता , हुने भएकोले सम्पुर्ण शेर्पा समुदाय लगायत अन्य गैर शेर्पाजातिहरुमा नेपाल शेर्पा विद्यार्थी संघले आमन्त्रणा गरेको छ ।

वादविवाद प्रतियोगिताको शीर्षक समेत उल्लेख गरेको छ ।

१ ) वैदेशिक रोजगार लिनु भन्दा स्वदेशमै उद्यमशील हुनु राम्रो,

२ ) नेपाल विकास नहुनुको कारण कम्जोर सरकारी ब्याबस्थान मात्र होईन, गैर जिम्मेवार नागरिक पनि हो,


प्रतिक्रिया दिनुहोस्